‘ब्रेकथ्रु’ गरिएको सुरुङ मार्गमा कहिले गुड्न पाउँछ गाडी ?

त्यसबेला आयोजना सक्न ४२ महिना लाग्ने भनिए पनि ५३ महिनापछि मात्र सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो । सोमबार प्रचण्डको उपस्थितिमा ‘ब्रेक थ्रू’ गरिएपछि नेपालको पहिलो यातायात सुरुङ मार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्ने चासो छ ।

नेपालभ्युज

‘ब्रेकथ्रु’ गरिएको सुरुङ मार्गमा कहिले गुड्न पाउँछ गाडी ?

काठमाडौं । निर्माण सुरु भएको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सोमबार ‘ब्रेकथ्रू’ गरिएको हो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ‘ब्रेक थ्रू’ गरिएपछि नेपालको पहिलो यातायात सुरुङ मार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्ने चासो छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङ मार्ग आयोजनाको मुख्य मार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । यो सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको ब्रेक थ्रू

सुरुङभित्र अब लाइटिङ, अक्सिजन जडानको काम बाँकी  छ । सडक ढलानको काम बाँकी छ । बलम्बुदेखि सुरुङ मार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमी दुई लेन सडक कालोपत्रे भइरहेको छ । सुरुङ मार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए । त्यसबेला आयोजना सक्न ४२ महिना लाग्ने भनिए पनि ५३ महिनापछि मात्र सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

यसरी छिचोलियो नागढुङ्गा सुरूङमार्ग (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved