नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको ब्रेक थ्रू

नेपालभ्युज

नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको ब्रेक थ्रू

काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङ मार्गको ब्रेक थ्रू गरेका हुन् ।

यस अघि २०८० साउन २२ गते नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको थियो । यो सुरुङ मार्गको सञ्चालनमा आएपछि सबैभन्दा पहिलो गाडी गुड्ने सुरुङमार्ग हुने छ ।

करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ । मुख्य सुरुङ मार्ग छेडिन अब २ मिटर मात्रै बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

आपत्कालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपत्कालीन सुरुङ निर्माण गरिएको हो । आपत्कालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रू भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ ।

बैंशाखभन्दा अघि नै नागढुंगा–नौबिसे सुरुङ्गमार्ग ब्रेक थ्रु गर्ने योजना सरकारले बनाएको थियो । तर, स्थानीयको आन्दोलनका कारण केही समय पछाडि धकेलिए पछि आज १ः५७ मा ब्रेक थ्रु भएको हो ।
ब्रेक थ्रु पछि पनि सुरुङ्गमार्ग सञ्चालनमा आउन करिब १ वर्ष लाग्ने छ । आजबाट टनेलको सुरुङ निर्माणको काम सकिने छ । हालसम्म ७२ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ, भने २८ प्रतिशत काम बाँकी नै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved