यौन स्वास्थ्यका यस्ता लक्षण महिलाले गर्नु हुँदैन बेवास्ता

नेपालभ्युज

यौन स्वास्थ्यका यस्ता लक्षण महिलाले गर्नु हुँदैन बेवास्ता

एजेन्सी । शारीरिक स्वास्थ्यमा यौन स्वास्थ्य पनि एकदमै जरुरी हुन्छ । प्रायः महिलाले यौन स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको सामना गरिरहेका हुन्छन् ।

तर, खुलेर कसैसँग कुरा गर्न डराउँदा कहिलेकाँही समस्याले नराम्रो रुप पनि लिने गर्छ । कस्ता खालका लक्षण देखिएमा महिलाले बेवास्ता गर्नु हुँदैन ? जानौ ।

कयौंपटक महिलाको गोप्य अंगमा संक्रमणले गर्दा चिलाउने र र्या‍सेजहरु आउने समस्या भइरहेको हुन्छ । यस्तोमा योनी सफा राख्नुका साथै सफा भित्री लुगा प्रयोग गर्नुपर्दछ ।

कतिपय महिलामा पिसाब फेर्ने क्रममा एकदमै पोल्ने समस्या हुन्छ । यो समस्यालाई पनि बेवास्ता गर्नु हुँदैन । यो यूरिनरी इन्फेक्शन वा योनीको अन्य संक्रमणको कारण हुन सक्छ ।

कतिपय महिलामा पटक पटक तल्लोपेट दुख्नु, पटक पटक पिसाब लागिरहनु र भोक नलाग्ने जस्ता लक्षण देखिन्छन् । कहिलेकाँही यस्ता लक्षण ओवेरियन क्यान्सरका कारण बन्न सक्छन् । त्यसैले समयमै उपचार गर्नुपर्दछ ।

महिलामा महिनावारीको क्रममा अनियमित रक्तश्राव हुने पनि आम समस्या जस्तो भएको छ । उमेर पुगेपछि मेनोपोज सुरु भएका महिलामा पनि यस्तो समस्या हुने गर्छ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

कोही महिलालाई शारीरिक सम्बन्धका क्रममा कुनै प्रकारको दुखाई वा असहजता महसुस हुन्छ भने पनि यो कुनै यौनसँग सम्बन्धित समस्या हुन सक्छ । त्यसैले समयमै डाक्टरसँग सल्लाह लिनु पर्दछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved