इजरायललाई अमेरिकाको चेतावनी : इरानविरुद्ध जवाफी हमला गरे समर्थन गर्दैनौं

नेपालभ्युज

इजरायललाई अमेरिकाको चेतावनी : इरानविरुद्ध जवाफी हमला गरे समर्थन गर्दैनौं

काठमाडौं । अमेरिकाले इजरायललाई इरानविरुद्ध जवाफी हमला गरे समर्थन नगर्ने बताएको छ ।

शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो।

इरानमा जवाफी हमलाको तयारी गरिरहेको बेला ह्वाइट हाउसले इजरायललाई समर्थन नगर्ने चेतावनी दिएको हो । यससँगै इजरायललाई झट्का लागेको छ । अमेरिका इजरायलको सबैभन्दा ठुलो समर्थक देश हो ।

इरानले गत अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा शनिबार हमला गरेको जनाएको छ ।

इरानले प्रहार गरेका लगभग सबै हमलाकारी ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले आकाशमै ध्वस्त बनाएका थिए।

इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved