सुदूरपश्चिममा नाउपाका लक्ष्मण किशोरलाई मुख्यमन्त्रीमा समर्थन गर्ने कांग्रेसको निर्णय

नेपालभ्युज

सुदूरपश्चिममा नाउपाका लक्ष्मण किशोरलाई मुख्यमन्त्रीमा समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई साथ दिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नाउपाका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेस र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका चौधरीले आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यता, नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा उम्मेदवारी दिएका थिए ।

कैलाशले नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved