अरोमा योग गर्दा पाइन्छ धेरै लाभ

नेपालभ्युज

अरोमा योग गर्दा पाइन्छ धेरै लाभ

एजेन्सी । ‘अरोमा योग’ भनेको त्यस्तो योग हो जो सुगन्धबाट गर्ने गरिन्छ । अरोमा योगा स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसको नियमित अभ्यास गर्नाले मानसिक तथा शारीरिक समस्याहरु कम गर्न सकिन्छ । यसबाट पाइने फाइदाहरुका बारेमा विस्तारमा जानौं–
अरोमा योग र थेरापीलाई मिलाएर बनेको हुन्छ । यस योगमा सुगन्ध र वनस्पतिहरुको सहयोगले शरीरका कैयौं समस्याहरुलाई निको पार्ने गरिन्छ ।

अरोमा योग गर्ने विधि
शान्त स्थानमा योगा म्याट बिछ्याएर बस्नुहोस् । अब लेवेन्डर, निम वा टी ट्री ओयल मध्ये एउटा छान्नुहोस् र यस तेललाई हातमा लिएर मालिस गर्नुहोस् । त्यसपछि आँखाहरु बन्द गरेर शान्तिपूर्वक ध्यान केन्द्रित गर्नुहोस् ।

 

अरोमा योगका फाइदा
अरोमा योगले तनाव कम गर्न सहयोग गर्छ । साथमा यसले एकाग्रतालाई बढाउन पनि सहयोग गर्छ ।
अरोमा योगको नियमित अभ्यासले अनिद्राको समस्या पनि कम हुन्छ । साथमा यसले निद्रामा सुधार पनि आउँछ ।
अरोमा योग गर्नाले दम तथा स्वाससँग जोडिएका अन्य समस्याहरु पनि कम हुन्छन् । यसले स्वास नलीलाई पनि स्वस्थ बनाउँछ ।
रोमा योगले शरीरको थकान कम गर्छ । साथमा यसको अभ्यास गर्नाले नर्वस सिस्टमलाई पनि बलियो बनाउँछ ।
माइगे्रनको समस्या कम गर्न पनि अरोमा योग गर्न सकिन्छ । यसको नियमित अभ्यासले दिमाग शान्त रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved