लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । उनले शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत पाएका हुन् ।

‘विश्वासको मत पाउँ’ भनी प्रदेशसभा बैठकमा राखेको प्रस्तावको पक्षमा उनले ४८ मत पाए भने उनको विपक्षमा २८ सांसद उभिए ।

मुख्यमन्त्री महरालाई नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र) १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ४, जनता समाजवादी पार्टी (जसपा) ३, नेकपा (एकीकृत समाजवादी) १ र स्वतन्त्र सांसद खड्क बस्नेतको समर्थन पाएका हुन् ।

महरा गत चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved