पञ्च काश्मिरी तकिया मस्जिदमा ईद-उल-फित्र को रौनक (तस्वीरहरु)

पञ्च काश्मिरी तकिया मस्जिदमा ईद-उल-फित्र को रौनक (तस्वीरहरु)

काठमाडौं । हिजरी संवतको रमदान (रमजान) महिना सकिएर शव्वाल महिना सुरु भए संगै इस्लाम धर्मावलम्बीहरुले ईद-उल-फित्र (ईद) मनाउदैछन्।

रमदानभरि रोजा व्रत (उपवास) बसेका इस्लाम धर्मावलम्बीहरु आज मस्जिदमा गइ ईद–उल–फित्र मनाउदैछन्।

हिजरी संवतको पात्रोअनुसार बुधबार रमदान सकिएर आज (चैत २९ गते) बिहीबार शव्वाल महिना सुरु हुँदैछ। शव्वालको पहिलो दिन ईद मनाइन्छ।

हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ। त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाहसँग पुकारा गर्छन्।

ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दानलाई इस्लाम परम्परामा ‘जकात’ भनिन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved