जनअपेक्षा अनुसार काम गर्छु : मुख्यमन्त्री कँडेल

जनअपेक्षा अनुसार काम गर्छु : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनअपेक्षा अनुसारको काम गर्ने बताएका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कँडेलले भने, ‘जनअपेक्षा अनुसारको निर्णय हुन्छ । अबका दुई महिनाका बीचमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ प्रदेशसभामा अरु पनि प्राथमिकताका विषयहरु छन् । थुप्रै कुराहरु उठाउनुपर्नेछ ।’

राजनीतिक तहको जनताका बीचमा देखिने अस्थायी र स्थायी राज्य संयन्त्रको परिचालन गरेर काम गर्ने कँडेलले प्रतिबद्धता जनाए ।

उनले सल्लाहमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बताए ।

पद बहाल गर्दा निर्णय गर्ने प्रचलनलाई बदल्दै उनले पदभार ग्रहणका क्रममा कुनै निर्णय नगरेको जानकारी दिए ।

मन्त्रीमण्डल विस्तार नहुनुलाई दुई दलको बीचको समस्याले भएको कँडेलले बताए ।

उनले माओवादीतर्फ संकेत गर्दै, ‘उहाँहरुले बाहिर के भन्नुहुन्छ त्यो उहाँहरुको कुरा भयो । सत्ता साझेदार दलहरुपनि केही दिनमा सरकारमा सामेल हुनुहुन्छ । आजै कोही साथीहरु सरकारमा सामेल हुनेनहुने कुराले केही अर्थ राख्दैन ।’

राजनीतिक दल, कर्मचारी, प्रदेशसभा सदस्यहरुसँग छलफल गरेर जनताका अपेक्षाअनुसार काम गर्ने कँडेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved