डढेलो निभाउने क्रममा जलेर घाइते भएका तीन सैनिकको मृत्यु, एक जनाको उपचार जारी

नेपालभ्युज

डढेलो निभाउने क्रममा जलेर घाइते भएका तीन सैनिकको मृत्यु, एक जनाको उपचार जारी

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु भएको छ ।

आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको मृत्यु भएको हो ।

उपचारका क्रममा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावलको मृत्यु भएको हो । त्यस्तै काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढाको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरको जलन उपचार अस्पतालमा उपचार भैरहेको छ । गत सोमवार डढेलो निभाउनेक्रममा उनीहरु जलेर घाइते भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved