यी हुन् इलाम-२ मा चुनाव लड्ने १९ उम्मेदवार

नेपालभ्युज

यी हुन् इलाम-२ मा चुनाव लड्ने १९ उम्मेदवार

काठमाडौं । निर्वाचन आयोगले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्‍मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनाएको छ ।

अन्तिम नामावलीमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार योङहाङ लिम्बू तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू(थेगिम), नेकपा समाजवादीका जितबहादुर राई र राप्रपाका युवा लक्ष्मी गुरुङ छन् ।

साथै, राप्रपा नेपालका उम्‍मेदवार गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशम बहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाहको नाम पनि प्रकाशित भएको छ ।

स्वतन्त्र उम्मेद्वारी दिएका डाँकप्रसाद गौतम, दिपेश बोहोरा, डकेन्द्रसिं लिम्बू(थेगिम), अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालको नाम पनि अन्तिम नामावलीमा समावेश छ ।

उम्मेदवारविरूद्ध आइतबारसम्म उजुरी गर्ने समय रहे पनि कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved