राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे बलियो, यस्तो छ मतको अवस्था

यता कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी पुडासैनीको पक्षमा भने अहिलेसम्म उनकै दलको मात्रै मत देखिन्छ । राष्ट्रिय सभामा कांग्रेससँग १६ सांसद छन् ।

नेपालभ्युज

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे बलियो, यस्तो छ मतको अवस्था

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते बुधबार हुँदैछ । त्यसका लागि मङ्गलबार (आज) उम्मेदवारी दर्ता कार्यक्रम थियो ।

सङ्घीय संसद् सचिवालयका अनुसार उपाध्यक्षमा नेकपा (एमाले) की विमला घिमिरे (Bimala ghimire) र कांग्रेसकी विष्णुदेवी पुडासैनी (Bishnudevi pudasaini) को गरी दुईजनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । यससँगै उपाध्यक्षमा उनीहरूबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।

उपाध्यक्षको निर्वाचन पनि अध्यक्षको जस्तै सत्ता गठबन्धन भर्सेस प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीचको हो ।

राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ । यसअघि अध्यक्षको निर्वाचनमा पनि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नारायण दाहालले जीत निकालेका थिए । उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका थिए ।

अहिले उपाध्यक्षको निर्वाचन पनि उस्तै हुने निश्चितप्राय: छ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा पुडासैनी र घिमिरेको उम्मेदवारी दर्ता

गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी केन्द्रसँग १६, नेकपा (एमाले) सँग १०, नेकपा (एकीकृत समाजवादी) सँग ८ र जनता समाजवादी पार्टी (जसपा) सँग ३ सदस्य छन् ।

यसअनुसार घिमिरेको पक्षमा स्पष्ट ३७ सांसद देखिन्छन् । ५८ सदस्यीय राष्ट्रियसभा (सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुन बाँकी) मा उपाध्यक्ष चुनिन कम्तिमा ३० जना सांसदले समर्थन गर्नुपर्छ । यसरी हेर्दा घिमिरेको पक्षमा स्पष्ट बहुमत देखिन्छ ।

यता कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी पुडासैनीको पक्षमा भने अहिलेसम्म उनकै दलको मात्रै मत देखिन्छ । राष्ट्रिय सभामा कांग्रेससँग १६ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved