इलाममा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

नेपालभ्युज

इलाममा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले मंगलबार इलाम- २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

वैशाख १५ गते हुने निर्वाचनका लागि विभिन्न १२ दल र ८ स्वतन्त्र गरी २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सो अघि आयोगले दिउँसो एक बजेसम्म नामावली फिर्ता लिने समय दिएको छ ।

पछि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका आयोगको छ । यो उपनिर्वाचनमा कोही महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

कार्यतालिकाअनुसार बुधबारदेखि वैशाख १२ गतेसम्म प्रचारप्रसारका लागि समय तोकिएको छ । मतदान भने वैशाख १५ गते बिहान सातदेखि साँझ पाँच बजेसम्मका लागि तय छ । मतदानको लागि समय तोकिएको छ ।

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved