दिव्यन्दु शर्मा मिर्जापुर-३ मा नदेखिने

नेपालभ्युज

दिव्यन्दु शर्मा मिर्जापुर-३ मा नदेखिने

काठमाडौं । अभिनेता दिव्यन्दु शर्मा चर्चित वेब सिरिज मिर्जापुर ३ मा सबैको मनपर्ने मुन्ना भैयाको भूमिकामा देखिने छैनन् ।

दिव्यन्दु आफैले हालैको एक अन्तर्वार्तामा यसको खुलासा गरेका हुन् । उनले तेस्रो सिजनमा नदेखिने बताएका छन् ।

ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा दिव्यन्दुले भने, ‘म घोषणा गर्छु कि म मिर्जापुर सिजन ३ को हिस्सा हुन सकिन ।’

‘‘मेरो लागि मुन्नाको क्यारेक्टर निस्सन्देह डिस्टर्बिंग क्यारेक्टर थियो । यद्यपि मलाई सुरुदेखि थाहा थियो कि यो एक शक्तिशाली भूमिका थियो। तर मैले बब्लुको भूमिकाका लागि पहिलोपटक अडिसन दिएँ । तर, केही समयपछि मुन्नाको भूमिकाका लागि म बढी उपयुक्त छु भन्ने महसुस भयो ।’ उनले थप भने ।

मिर्जापुरको पहिलो सिजन १६ नोभेम्बर २०१८ मा अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिएको थियो।

जसमा पंकज त्रिपाठी, अली फजल, कुलभूषण खरबन्द, दिव्यन्दु शर्मा, विक्रान्त मेसी, रसिका दुग्गल, श्वेता त्रिपाठी जस्ता कलाकारहरु देखिएका थिए ।

दोस्रो सिजन सन् २०२० अक्टोबर २३ मा स्ट्रिम गरिएको थियो।

अब यसको तेस्रो सिजन यसै वर्ष रिलिज हुँदैछ । रिलिज मिति भने घोषणा गरिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved