सुनसरीमा अझै तनाव, हटेन दुई पालिकामा कर्फ्यू

नेपालभ्युज

सुनसरीमा अझै तनाव, हटेन दुई पालिकामा कर्फ्यू

काठमाडौं । सुनसरीमा दुई समूहबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू अझै दुई पालिकामा जारी छ ।

हरिनगर र देवानगन्ज गाउँपालिकामा कर्फ्यू अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।

गत शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम समूहबीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि ५ वटा स्थानीय तहमा कर्फ्यू लगाइएको थियो ।

सर्वदलीय बैठकपछि तनाव केहि कम भएपछि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू खुकुलो बनाइएको छ ।

तर, हिंसा फैलिने सम्भावना अझै रहेकोले दुई पालिकामा भने कर्फ्यू अझै जारी रहेको फुयाँलले बताए ।

सुनसरीमा कर्फ्यू आज पनि कायमै, घटनाबारे अनुसन्धान गर्दै प्रहरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved