अभिनेत्री पूजा शर्माको पेटको शल्यक्रिया

नेपालभ्युज

अभिनेत्री पूजा शर्माको पेटको शल्यक्रिया

काठमाडौं । अभिनेत्री पूजा शर्माको पेटको शल्यक्रिया गरिएको छ ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पेटको शल्यक्रिया गरेको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन् ।

उनले आफ्नो उपचारमा खटिएका चिकित्सकहरुलाई धन्यवाद दिएकी छन् । साथै, चाँडै निको हुने विश्वाससमेत व्यक्त गरेकी छन् ।

‘यो अब आराम गर्ने र छिटो सुधारका लागि डाक्टरहरुको सल्लाह पालना गर्ने समय हो। स्वास्थ्य लाभको शुभकामना दिनुहुने सबैलाई धन्यवाद ।’ पुजाले भनेकी छन् ।

उनको पोस्टमा अभिनेता पल शाहसहितका कलाकारहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved