यी फल फ्रिजमा राख्नु हुँदैन

नेपालभ्युज

यी फल फ्रिजमा राख्नु हुँदैन

एजेन्सी । फलफूल खानु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । फलफूलको सेवनले शरीरलाई विभिन्न रोगको जोखिमबाट जोगाउन सकिन्छ । तर, कतिपय अबस्थामा फल नोक्सानदायक पनि हुन सक्छन् ।

त्यस्ता केही फल छन् जसलाई फ्रिजमा राखेर खाँदा शरीरका लागि नोक्सानदायक हुन सक्छन् । आउनुहोस् जानौं कुन फलहरुलाई फ्रिजमा राख्नबाट बच्नु पर्दछ ।

स्याउ

यस्तो मान्यता छ कि दैनिक एउटा स्याउको सेवनले आफूलाई डाक्टर कहाँ जानबाट जोगाउँछ । यो फल स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । तर यसलाई फ्रिजमा भने राख्नु हुँदैन । फ्रिजमा राख्दा यसको न्यूट्रिशनमा नोक्सान पुग्न सक्छ ।

केरा

केरालाई फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा केरा तीव्र गतिमा बिग्रएर कालो हुन सक्छन् । केराको डाँठबाट इथाईलीन ग्यास निस्कन्छ, जसले फ्रिजमा राखेका अन्य फललाई पनि नोक्सान पु¥याउन सक्छ ।

आँप

गर्मीमा आँप एकदमै धेरै पाइन्छ । तर यसलाई लामो समय फ्रिजमा स्टोर गरेर भने राख्नु हुँदैन । यसरी लामो समय फ्रिजमा स्टोर गर्दा यसमा भएका न्यूट्रियन्टहरु नष्ट हुन्छन् र पोषक तत्व प्राप्त हुँदैन ।

तरबुजा

गर्मी मौसममा तरबुजा खान मिठो हुन्छ र यो फाइदाजनक पनि हुन्छ । तर तपाईंले यसलाई फ्रिजमा भने राख्नु हुँदैन । यसलाई फ्रिजमा राख्दा यसका तत्वहरु नष्ट हुन्छन् जसले गर्दा यो स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ ।

एवोकाडो

एवोकाडोलाई पनि फ्रिजमा राख्नु हुँदैन । एवोकाडोमा फ्याटी एसिड हुन्छ, जसले कोलेस्ट्रोल लेवललाई कम गर्न सहयोग गर्छ । यसलाई फ्रिजमा राख्दा यसको बाहिरको बोक्रा एकदमै कडा हुन्छ र भित्रको भाग खराब हुन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved