रातमा सुत्ने बेला डर लाग्नुको कारण

नेपालभ्युज

रातमा सुत्ने बेला डर लाग्नुको कारण

एजेन्सी । दिनभरको घर तथा अफिस व्यवसायको काम गरेपछि हरेक मानिस आरामको निद्रा सुत्न चाहन्छ । तर हामीलाई कैयौंपटक सुत्नेबेला निद्रा लाग्दैगर्दा डर लागेजस्तो तथा बेचैनी महसुस हुने गर्छ । यस्तोमा तपाईंको मनमा यो प्रश्न आउन सक्छ यस्तो किन भयो ? आज हामी यहीबारेमा बताउन गइरहेका छौं ।

रातमा सुत्ने समयमा निद्रा नलाग्नु तथा आत्तिएजस्तो डराएजस्तो महसुस हुनुका पछाडि कैयौं कारणहरु हुन सक्छन् । यो समस्यालाई बेवास्ता गर्नु हुँदैन ।

कैयौंपटक हाम्रो खराब जीवनशैलीको कारणले पनि हामी रातमा राम्रो निद्रा सुत्न सक्दैनौं । यसबाहेक जो व्यक्ति विभिन्न सिफ्टमा काम गर्छन् त्यस्ता व्यक्तिहरुलाई पनि यस्तो समस्या हुन सक्छ ।

यदी तपाईं कुनै पनि कुरामा चाहिने भन्दा धेरै सोंच्नुभयो भने पनि निद्रा आउन समस्या हुने हुन्छ । यस्तोमा तपाईंलाई डराएजस्तो मुटु तेज धड्किए जस्तो महसुस हुन सक्छ ।
कतिपय मानिस आफूलाई फिट राख्नका लागि दिनमा आवश्यकता भन्दा धेरै कसरत गर्ने गर्छन् । यस्तोमा रातमा सुत्ने बेला उनीहरुलाई आत्तिएजस्तो तथा डराएजस्तो महसुस हुन सक्छ ।

पूरा दिन काम गर्दा थकान त हुन्छ नै । तर अत्यधिक थकान भयो भने पनि मानिसलाई निद्रा नलाग्ने तथा डराएको मुटु काँपिरहेको जस्तो महसुस हुने गर्छ ।

आरामको निद्रा पाउनका लागि आफ्नो जीवनशैलीमा सुधार ल्याउनुहोस् । साथमा दिनमा केहीबेर कसरत गर्ने तथा आफूलाई मन पर्ने खालको कामहरु गर्न सकिन्छ ।सुत्नुअघि केहीबेर हिँड्नाले पनि यस्तो समस्यामा राहत पाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved