गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

नेपालभ्युज

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पोखरामा आइतबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न अधिकारीलाई ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । सभामुखको समेत नाम राखेर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनको प्रस्तावमा बहस सुरु भएको छ ।

उनको समर्थनमा एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ प्रदेशसभा सदस्य छन् ।

नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारी गरेको छ ।

मुख्यमन्त्री अधिकारीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved