यलेखममा बायुङ राईहरूको सेग्रो सिलीको प्रशिक्षण

नेपालभ्युज

यलेखममा बायुङ राईहरूको सेग्रो सिलीको प्रशिक्षण

काठमाडौं । यलेखम (काठमाडौं) मा बायुङ राईहरूको सेग्रो (हङ) सिलीको प्रशिक्षण जारी छ । प्रशिक्षण गत ५ गतेबाट कोटेश्वरस्थित किरात राई यायोख्खाको मुख्यालयमा सञ्चालन भइरहेको छ ।

किरात बायुङ राई सुम्निखिम केन्द्रीय कार्यसमितिद्वारा आयोजित प्रशिक्षणमा सिकिएका सिली उभौलीको अवसरमा काठमाडौंमा प्रदर्शन हुने सुम्निखिमका केन्द्रीय महासचिव युवराज बायुङ राईले बताए ।

उनले तुम्लो (मुन्दुम) मा आधारित सांस्कृतिक तथा मौलिक सिलीको संरक्षण, सम्वर्द्धन र विकास गर्नु आजको आवश्यकता रहेको बताए । प्रशिक्षणले सिलीको पुस्तान्तरण र हस्तान्तरणमा सहयोग पुग्ने पनि बताए ।

बायुङ राईहरूको सेग्रो (हङ) सिली मुख्यतः मुन्दुममा आधारित सांस्कृतिक सिली हो र यो सेग्रो पुज्दा झःरझःसी (सांस्कृतिक भेषभूषा) सजिएर आँगनमा चार दिनसम्म नाच्ने प्रचलन रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved