सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेपालभ्युज

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ३ दिनको म्याद दिएको छ । नागरिकता कीर्ते प्रकरणमा उनी हिजो काठमाडौंमा पक्राउ परेका थिए ।

सिरोहियालाई काठमाडौंमा पक्राउ गरिएपछि धनुषा लगिएको थियो ।

जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।

अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि सिरोहियालाई आगामी आइतबारसम्म थुनामै बस्नुपर्ने हुन सक्छ । शनिबार अदालत बन्द हुने भएकाले प्रहरीले अनुसन्धानका लागि आइतबारसम्मको समय पाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved