शाकाहारीका लागि प्रोटिनयुक्त आहार

नेपालभ्युज

शाकाहारीका लागि प्रोटिनयुक्त आहार

एजेन्सी । प्रायः मानिसहरुको शरीरमा प्रोटिनको कमी भइरहेको हुन्छ । यसको असर कपाल तथा छालामा पनि देखिने गर्छ । विशेषगरी शाकाहारी व्यक्तिहरुका लागि प्रोटिनको कमी हुँदा के खाने भन्ने समस्या हुन्छ । यस्तोमा आज हामी शाकाहारीका लागि प्रोटिन कसरी प्राप्त गर्न सकिन्छ यसबारेमा जान्नेछौं ।

सातु
शाकाहारीका लागि प्रोटिनको कमी पूरा गर्न सातुको सेवन गर्न सकिन्छ । सातुमा भरपूर मात्रामा प्रोटिन, फाइबर र अमिनो एसिड हुन्छ । यसलाई गर्मी मौसममा चिसो पानीमा राखेर पिउन सकिन्छ ।

किनोआ
किनोआ चामलमा पनि भरपूर मात्रामा प्रोटिन पाइन्छ । यदी शाकाहारी व्यक्तिहरुमा प्रोटिनको कमी भएमा सामान्य सेतो चामल खानुको साटो किनोआ सेवन गर्न सकिन्छ ।

पिस्ता
एक मुट्ठी पिस्तामा ५ देखि ६ ग्राम प्रोटिन, स्वस्थ फ्याट, एन्टीअक्सीडेन्ट र अन्य जरुरी पोषक तत्वहरु पाइन्छन् । यस्तोमा यसको सेवन गर्दा शरीरमा प्रोटिनको कमी पूरा गर्न सकिन्छ ।

दाल र फलफूल
प्रोटिनको कमी पूरा गर्नका लागि सबैभन्दा राम्रो विकल्प दाल र फलफूलहरु पनि हुन्छ । नियमित रुपमा यी सबै सही मात्रामा सेवन गर्दा शरीरमा चाहिने प्रोटिनको मात्रा पूरा गर्न सकिन्छ ।

दही
दहीमा पनि प्रोटिन प्राप्त गर्न सकिन्छ । यस्तोमा कम फ्याट र प्रोटिनले भरपूर दही स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले शरीरमा प्रोटिनको कमी हुन दिँदैन साथमा यो गर्मीमा पाचनयोग्य पनि हुन्छ ।

सोयाबीन
सोयाबीन पनि शाकाहारी व्यक्तिका लागि प्रोटिनको राम्रो स्रोत हो । यसमा प्रोटिनका साथै आइरन, भिटामिन ए, बी र डी जस्ता जरुरी पोषक तत्वहरु पाइन्छन् । जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved