गर्भावस्थामा हुने एन्जाइटीबाट बच्ने उपाय

नेपालभ्युज

गर्भावस्थामा हुने एन्जाइटीबाट बच्ने उपाय

एजेन्सी । आमा बन्ने क्रममा महिलाले विभिन्न प्रकारका चुनौती सामना गर्नुपर्ने हुन्छ । गर्भावस्थाको सुरुआती हप्तामा केही महिलामा एन्जाइटीको समस्या पनि देखिने गर्छ ।

गर्भावस्थाका क्रममा शरीरमा विभिन्न प्रकारका हर्मोनल परिवर्तन हुन्छन्, जसको कारणले कतिपय महिलामा एन्जाइटीको समस्या देखिने गर्छ ।

पहिलोपटक आमा बन्दा यो समस्या धेरै देखिन्छ । गर्भावस्थाका क्रममा हुने एन्जाइटीबाट बच्न धेरै नसोंच्नुहोस् । कुनै समस्या छ वा केही सोंच आइरहेको छ भने पनि घरपरिवार तथा साथीभाईसँग छलफल गर्न सक्नुहुन्छ ।

गर्भावस्थाको क्रममा प्रर्याप्त निद्रा लिनु एकदमै जरुरी हुन्छ । निद्रा पूरा नहुँदा पनि एन्जाइटीको समस्या हुने गर्छ । तपाईं आमा बन्दै हुनुहुन्छ भने स्वस्थ खानपान पनि एकदमै महत्वपूर्ण कुरा हो ।

प्रर्याप्त मात्रामा पानी पिउनुहोस् ताकि हर्मोनल सन्तुलन बनिरहोस् । हर्मोनहरु असन्तुलित हुँदा पनि एन्जाइटीको समस्या देखिन्छ ।

गर्भावस्थाका क्रममा आफ्नो मनलाई शान्त राख्न दैनिक मेडिटेशन गर्नुहोस् र क्याफिन युक्त पदार्थको सेवन नगर्नुहोस् । लामो समय एन्जाइटीको समस्या भइरहेमा डाक्टरसँग अवश्य सल्लाह लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved