लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ, तीन जना मन्त्री नियुक्त

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ, तीन जना मन्त्री नियुक्त

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई एक कार्यक्रमबीच प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नेकपा (एमाले)सहितका दलको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।  माओवादी केन्द्रका महरा सत्ता साझेदार दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

आइतबार नै प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीलाई शपथ गराएका छन् । एमालेबाट एक, माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्रीको शपथ लिएका हुन् ।

एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका हुन् ।उनीहरुलाई जिम्मेवारी भने तोकिएको छैन ।

मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved