लुम्बिनीका मुख्यमन्त्री महराले आज पद सम्हाल्दै, सानो आकारको मन्त्रिमण्डल बनाउने

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री महराले आज पद सम्हाल्दै, सानो आकारको मन्त्रिमण्डल बनाउने

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पदभार ग्रहण गर्दैछन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखमबहादुर महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् । सबै सत्ता साझेदार दलबाट कम्तिमा एक–एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको माओवादी नेताहरुले बताएका छन्।

त्यसका लागि सत्ता साझेदार दलका नेताहरुबीच छलफल भइरहेको छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदसहित दशवटा मन्त्रालय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved