एमाले कालिकोटको अध्यक्षमा मल्ल प्यानलसहित विजयी

एमाले कालिकोटको अध्यक्षमा मल्ल प्यानलसहित विजयी

सुर्खेत । नेकपा (एमाले) कालिकोटको पदाधिकारीमा अध्यक्ष तुलाराज मल्ल प्यानलसहित विजयी भएका छन् । अध्यक्षमा मल्ल र दयाराम सिंम्खडा प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए ।

नेकपा एमाले कालिकोटको ११ औं अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो । अध्यक्षका प्रतिद्वन्द्वी सिम्खडालाई हराउँदै मल्लको प्यानलै निर्वाचित भएको छ ।

मल्लले २१८ मत प्राप्त गर्दा सिम्खडाले १८६ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा टेकबहादुर बुढाले २१० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कमल बहादुर शाहीले जम्मा १७२ मत प्राप्त गरेका छन् ।

यस्तै, सचिवमा पुष्पराज आचार्यले २१२ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी खडानन्द चौलागाई १५८ मत प्राप्त गरेका छन् ।

उप–सचिव खुलामा पवित्र शाहीले १६८ मत प्राप्त निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेम बहादुर बुढाले ९२ मत ल्याएका थिए भने लंकबहादुर बमले ९८ मत पाएका थिए ।

उप–सचिव महिलामा ताराकुमारी शाहीले २१२ मत ल्याएर विजयी भएकी छन् भने सुभद्रा सिंहले १५७ मत प्राप्त गरेकी छन् । निर्वाचनमा कुल ४२८ मतदाता मध्ये ४२४ जना मतदाताले मतदान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved