इलाम-२ मा सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता

नेपालभ्युज

इलाम-२ मा सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् । नेम्वाङलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।

मनोनयन दर्ता गराउन जाने क्रममा सुहाङले इलामको रत्नचोकमा रहेको रत्नकुमार वान्तवा र वन वान्तवाको शालिकमा माल्यार्पण गरेका थिए । त्यस्तै सुहाङले राष्ट्रिय विभूतिहरू भानुभक्त आचार्य र शंखधर साख्वाको सालिकमा पनि माल्यार्पण गरेका थिए ।

इलाम २ बाट एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved