बागमा मुस्कुराएको वसन्त (तस्वीरहरू)

यो ऋतुमा प्रकृतिमा बहार आउँछ र प्रकृतिले नौलो काँचुली बदल्छ। जताततै हरियाली हुनुका साथै बागमा रङ्गीचङ्गी फूलहरू फुल्दछन् । पौराणिक तथा आधुनिक कविहरूले यस ऋतुमाथि सयौँ कविता तथा गीतहरू लेखेका छन् ।

बागमा मुस्कुराएको वसन्त (तस्वीरहरू)

काठमाडौं। शिशिर र ग्रीष्म ऋतु बिचमा आउने वसन्त ऋतुलाई ऋतुहरूको राजा भनेर चिनिन्छ । ६ वटा ऋतुहरूमा यो ऋतु सबैभन्दा सुन्दर ऋतु हो । वसन्त ऋतुलाई ऋतुहरूको यौवनावस्था पनि भनिन्छ ।

यो ऋतुमा प्रकृतिमा बहार आउँछ र प्रकृतिले नौलो काँचुली बदल्छ। जताततै हरियाली हुनुका साथै बागमा रङ्गीचङ्गी फूलहरू फुल्दछन् । पौराणिक तथा आधुनिक कविहरूले यस ऋतुमाथि सयौँ कविता तथा गीतहरू लेखेका छन् ।

हिन्दु धार्मिक ग्रन्थ गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई “म ऋतुहरूमा वसन्त ऋतु हुँ” भनेका छन् । यो ऋतुमा बहने शुद्ध र ताजा वायुले हाम्रो रक्त सञ्चारलाई सुचारु रूपमा चलाउन मद्दत गर्दछ । योग साधना र ध्यान गर्नका लागि यस ऋतुलाई सबैभन्दा उपयोगी ऋतु मानिन्छ ।

तस्वीरहरू:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved