जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त

नेपालभ्युज

जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा (एकीकृत समाजवादी)का १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।

महराले आइतबार शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved