इरानी आक्रमणको डरले इजरायलमा जीपीएस बन्द, रिजर्भ सैनिकलाई बोलाइयो

नेपालभ्युज

इरानी आक्रमणको डरले इजरायलमा जीपीएस बन्द, रिजर्भ सैनिकलाई बोलाइयो

काठमाडौं । इरानसँग बढ्दो तनावको बीच मिसाइल र ड्रोन आक्रमण रोक्न इजरायलको ठूलो भागमा जीपीएस बन्द गरिएको छ।

यसबाट मध्य इजरायलका धेरै क्षेत्रहरू प्रभावित भएका छन् । जसमा ट्याक्सी चालक र खाद्य वितरण एजेन्सीहरूलगायत पनि छन् ।

एक ट्याक्सी चालकले आफ्नो जीपीएस लोकेशन बेरुत देखाएको बताए ।

इजरायली सेनाका प्रवक्ता जनरल हगारीले जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन् ।

गत सोमबार सिरियामा रहेको इरानको वाणिज्य दूतावासको भवनमा भएको आक्रमणमा एक वरिष्ठ जनरल सहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो ।

आफ्नो शीर्ष कमाण्डर मारिएपछि इजरायलसँग बदला लिने इरानको तयारी

इजरायल डिफेन्स फोर्सले लडाकु एकाइका सैनिकहरूको बिदा रद्द गरेको छ । एकदिन अघि इजरायली एयर डिफेन्ससँग सम्बन्धित रिजर्भ सैनिकहरूलाई पनि उनीहरूको युनिटहरूमा बोलाइएको छ।

इजरायलले इरानबाट जवाफी आक्रमणको खतरा देखेको छ।

बिहीबार मध्य इजरायलका धेरै भागमा जीपीएस प्रणाली अवरुद्ध भएको थियो। यो इजरायली सेनाको एक रक्षात्मक उपाय हो, जसमा जीपीएस इन्टरफेस प्रयोग गरिन्छ ताकि निर्धारित स्थानमा आधारित मिसाइल वा ड्रोनलाई डाइभर्ट गर्न सकियोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved