बहुमत सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी

नेपालभ्युज

बहुमत सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् ।

बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।

महराले एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाएका छन् ।

बिहीबार मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि आह्वान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved