फिफा वरीयतामा नेपाल तीन स्थान तल झर्‍यो , वरीयताको पहिलो स्थानमा अर्जेन्टिना

नेपालभ्युज

फिफा वरीयतामा नेपाल तीन स्थान तल झर्‍यो , वरीयताको पहिलो स्थानमा अर्जेन्टिना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको फिफा वरीयता कमजोर भएको छ ।

लगातार खराब प्रदर्शन गरिरहेको नेपाल वरीयतामा तीन स्थान तल झरेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १ सय ७८ औँ स्थानमा पुगेको हो ।

यसअघि नेपाल १ सय ७५ स्थानमा थियो । फिफा विश्वकप छनोटमा खराब प्रदर्शनलाई जारी राख्दा नेपालको वरीयता घटुवामा परेको हो । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहँदा भारत सबैभन्दा माथि १ सय २१ औँ स्थानमा छ । तर भारत पनि चार स्थान तल झरेको छ ।

मालदिभ्स १ सय ६१, बंगलादेश १ सय ८४, भुटान १ सय ८५,पाकिस्तान १ सय ९५ र श्रीलङ्का २ सय चार स्थानमा छ ।

वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना(Argentina) र दोस्रो स्थानमा फ्रान्स यथावत् छन् । इङ्ल्यान्ड(England)लाई उछिन्दै बेल्जियम तेस्रो स्थानमा आइपुगेको छ । पोर्चुगल एक स्थान सुधार गर्दै पाँचौंमा र ब्राजिल छैटौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved