विदेशबाट फर्किएको चार दिनपछि शिक्षिका श्रीमतीको हत्या

नेपालभ्युज

विदेशबाट फर्किएको चार दिनपछि शिक्षिका श्रीमतीको हत्या

काठमाडौं । वैदेशिक रोजगारीबाट कमाइ त भयो तर त्यसको पारिवारिक र सामाजिक मूल्य असाध्यै महँगो परिरहेको देखिएको छ झापाको घटनाबाट, जहाँ श्रीमान्‌ले श्रीमतीको हत्या गरे ।

बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले विदेशबाट आएको चार दिनपछि श्रीमतीको हत्या गरेका हुन् । विदेशमा छँदै श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै आशंका गरेर उनी स्वदेश फर्किएका थिए ।

दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी ३३ वर्षीया ममसरी राजवंशीको देवनारायणले खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

देवनारायण गत सोमबार मात्र स्वदेश फर्किएका थिए । श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले बताए । देवनारायण पक्राउ गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved