सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले चैत्र २२ गते प्रदेश सभाको बैठक आह्वान गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मतको लागि बैठक आह्वानको सूचना प्रेषित गरेपछि प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

फागुन २१ पछि केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो । कांग्रेस नेतृत्वको सरकार अहिले अल्मतमा छ ।

एक महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको छ । त्यहाँ नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved