मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालक ओखलढुंगाकी शान्ति भन्छिन् : संघर्षले सफल बनायो (भिडियोसहित)

नेपालभ्युज

मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालक ओखलढुंगाकी शान्ति भन्छिन् : संघर्षले सफल बनायो (भिडियोसहित)

काठमाडौं । ओखलढुंगाकी शान्तिकुमारी भण्डारीले मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालकको कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । उनी दुबईमा दुईतले बस चलाउँछिन् ।

दुबईले आफ्नो सीटीमा पर्यटकलाई घुमाउन दुई तले बस (Heavy Bus) को प्रयोग गर्दै आएको छ । सेतो सर्ट, कालो पाइन्ट कालो चस्मा हुलियामा देखिने उनी (Shanti Kumari Bhandari) उक्त बस चलाउँछिन् ।

सन् २०१५ मा यूएई छिरेकी उनले न्यूनतम तलबमा ब्यूटिसियनबाट वैदेशिक रोजगारी सुरू गरेकी थिइन् । शान्तिले यूएईको लाइसेन्स पाउन एक यातायात कम्पनीमा स्कूल बस सुपरभाइजरको काम रोजिन् । उनले सन् २०१७ मा सानो सवारीको लाइसेन्स प्राप्त गरिन् र अल गजल यातायातको ट्याक्सी चालकको रूपमा आबुधावीमा नयाँ रोजगारी थालिन् ।

सन् २०१५ मा भिजिट भिसामा दुबई पुगेकी उनी ब्यूटिसियन, ट्याक्सी चालक हुँदै अहिले डबल-डेकर (दुई तले) बस चालक बनेकी हुन् ।

उनले ४ महिनायता उक्त बस (Double Decker) चलाउँदै आएकी छन् । उनले मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला भएको खबरले गर्व लागेको सुनाइन् ।

आबुधावीकै सीटी बस चलाउन आवेदन दिए पनि कम्पनीको पोलिसी र स्थानीय नीतिका कारण अवसर पाउन नसकेकी शान्तिले पर्यटक बोक्ने बीग बस कम्पनीमा आवेदन दिएकी थिइन् । त्यसमा भने उनी सफल भइन् ।

महिला भएको कारण सुरुमा डबल डेकर बस चालक स्वीकार गर्न बिग बसले अस्वीकार गरे पनि मध्यपूर्वका क्षेत्रीय निर्देशक माइकल लीसको साथ सहयोगले सम्भव भएको उनी सुनाउँछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved