संवैधानिक परिषदको बैठक सुरु ,यस्तो छ कार्यसूची

नेपालभ्युज

संवैधानिक परिषदको बैठक सुरु ,यस्तो छ कार्यसूची

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ ।। बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । जारी बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका विषयमा छलफल भइरहेको छ । यसअघि गत सोमबार बोलाइएको बैठक आजका लागि स्थगित गरिएको थियो ।

संवैधानिक पदमा रिक्त रहेका पदमा पदपूर्ति गर्नुपर्ने सरकालाई बाध्यता छ । महालेखा परीक्षक, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतमा नियुक्ति गर्नुपर्ने पदाधिकारीको सिफारिशका लागि बैठक बसेको हो ।

बैठक अघि हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड(Prachanda), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा (Sher Bahadur Deuba)र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । नयाँ सत्ता समिकरणपछि हिजो तीन नेता एकै स्थानमा पहिलो पटक छलफल भएको हो ।

तीन नेताबीच टिआरसी विधेयकलगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसद्लाई ‘बिजनेस’ दिने, राष्ट्रिय मुद्दामा एकजुट भई अघि बढ्ने विषयमा प्रधानमन्त्रीले मुख्य दलका नेतासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषद्का सदस्य थिए भने अहिले प्रतिपक्षी नेताका रुपमा देउवा परिषदका सदस्य छन् । परिषद्मा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहाल सदस्य छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved