सेतो राजमा पनि हुन्छ एकदमै फाइदाजनक

नेपालभ्युज

सेतो राजमा पनि हुन्छ एकदमै फाइदाजनक

एजेन्सी । राजमा तथा सिमी बोडीका गेडागुडी शरीरका लागि एकदमै फाइदाजनक हुन्छन् । त्यस्तै, राजमा भनेपछि सामान्यतया रातो खालको भन्ने बुझाई हुन्छ । तर, सेतो रंगको राजमा पनि पाइन्छ, जसको पनि उत्तिकै फाइदाहरु छन् । जानौं ती फाइदाहरुका बारेमा–

सेतो राजमामा विभिन्न जरुरी पोषक तत्वहरु पाइन्छन् । जस्तै: प्रोटिन, आइरन, कपर, पोटाशियम, म्याग्नेज, काब्र्स आदि ।

तौल कम गर्नका लागि तपाईं सेतो राजमा खान सक्नुहुन्छ । यसमा फाइबर र प्रोटिनको गुण प्रचुर मात्रामा पाइन्छ ।

हड्डीसँगै जोडिएका समस्याका लागि पनि सेतो राजमा एकदमै फाइदाजनक हुन्छ । यसमा हुने क्याल्सियम र पोटाशियमको गुणले हड्डीहरुको विकासमा सहयोग गर्छ ।

सेतो राजमालाई प्रोटिनको पनि राम्रो स्रोत मानिन्छ । यसको सेवनले तपाईंको शरीरमा भरपूर मात्रामा प्रोटिन प्राप्त हुन्छ । त्यसैले यसलाई आफ्नो खानपानमा समावेश गर्नुहोस् ।

सेतो राजमाको सेवन गर्नाले तपाईंको पेटसँग जोडिएका समस्याहरु पनि कम हुन्छन् । यसमा हुने फाइबरले खानालाई पचाउनमा सहयोग गर्छ ।

मधुमेहका रोगीहरुका लागि पनि सेतो राजमा एकदमै फाइदाजनक हुन सक्छ । यसमा कम्प्लेक्स काब्र्स र ग्लाइसेमिक इन्डेक्स कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved