गगन थापाको प्रस्ताव : चुनावमा उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’ गरौँ

अर्को प्रस्ताव- कांग्रेस महाधिवेशनमा घोषित रूपमा प्यानल बनाउन नपाउने व्यवस्था गरौँ

‘‘७ जना सिफारिस भएर आउनुभएको छ एकजनालाई छानेपछि ६ जनाले ममाथि अन्याय भयो भनिहाल्नुहुन्छ । सभापतिले १९ गते बैठक बोलाउनुभएको छ । त्यसैले शेरबहादुर, देउवा र गगनले होइन । त्यहाँकै कार्यकर्ताले उम्मेदवार छान्ने व्यवस्था गरौँ ’’ उनले भने ।

नेपालभ्युज

गगन थापाको प्रस्ताव :  चुनावमा उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’ गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि घोषितरूपमा प्यालन बनाएर चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

यसअघि चुनावी गठबन्धन नगर्ने प्रस्ताव ल्याएर महासमिति बैठकबाटै पारित गराएका थापाले अर्को नयाँ प्रस्ताव ल्याएका हुन् । संवाद यात्राको क्रममा कपिलवस्तु पुगेका महामन्त्री थापाले यस्तो प्रस्ताव गरे ।

महामन्त्री थापाले महासमितिमा प्रस्तुत गरेको साङ्गठनिक दस्ताबेजमा पार्टीले अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने प्रस्ताव थियो । ध्रुवीकरण बढाउने भन्दै संस्थापनले त्यसलाई रोक्न कसरत थाले पनि अन्तमा सहमतिका साथ पारित भएको थियो ।

अहिले फेरि थापाले ‘महाधिवेशन, महासमिति र केन्द्रीय समितिमा घोषितरूपमा प्यालन बनाएर चुनाव लड्न नपाउने व्यवस्था गर्न’ प्रस्ताव गरेका छन् ।

संवाद यात्राको क्रममा कपिलवस्तु पुगेका महामन्त्री थापाले पार्टीभित्रको गुटबन्दी अन्य गर्नका लागि महाधिवेशन, महासमिति र केन्द्रीय समितिमा घोषित रुपमा प्यालन बनाएर चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरे ।

उनले भने, ‘‘पार्टीको महाधिवेशन, महासमिति, केन्द्रीय समिति कुनै पनि ठाउँमा चुनाव लड्दा कसैले पनि घोषित रूपमा प्यानल बनाएर गुट बनाएर लिस्ट बनाएर चुनाव लड्न नपाउने, जसले निर्वाचन लड्नुपर्ने छ आफैँ लड्छ ।’’

चुनावमा उम्मेदवार पनि पार्टीबाट ‘प्राइमरी इलेक्सन’गराएर छान्नुपर्ने उनले बताए । ‘‘पार्टीको उम्मेदवार कसले छान्ने ? अहिले इलाम २ मा चुनाव हुँदैछ । ७ जना सिफारिस भएर आउनुभएको छ एकजनालाई छानेपछि ६ जनाले ममाथि अन्याय भयो भनिहाल्नुहुन्छ । सभापतिले १९ गते बैठक बोलाउनुभएको छ । त्यसैले शेरबहादुर, देउवा र गगनले होइन । त्यहाँकै कार्यकर्ताले उम्मेदवार छान्ने व्यवस्था गरौँ ’’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved