विमानस्थलको यान्त्रिक परीक्षण गर्न २ घण्टा उडान अवतरण रोकेर ‘क्यालिब्रेसन फ्लाइट’

नेपालभ्युज

विमानस्थलको यान्त्रिक परीक्षण गर्न २ घण्टा उडान अवतरण रोकेर ‘क्यालिब्रेसन फ्लाइट’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ ।

शुक्रबार दिउँसो २ घण्टा क्यालिब्रेसन फ्लाइटका कारण अन्य उडान भने नियमित हुन सकेका थिएनन् ।

विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त समयमा उडान र अवतरण बन्द गरिएको थियो ।

जसले जहाज उडान र अवतरणमा ‘डिले’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । क्यालिब्रेसन फ्लाइट गर्नुअघि नै ‘नोटिस’ जारी गरिएको थियो ।

विमानस्थलमा प्रयोग गरिएका उपकरण चेकजाँच गर्न क्यालिब्रेसन फ्लाइट गरिएको थियो । “विमानस्थलमा प्रयोग गरिएको उपकरणले काम गरेको छ\छैन भनेर चेकजाँच गर्नुपर्ने हुन्छ । त्यसैका लागि आज हामीले क्यालिब्रेसन फ्लाइट गरेका हौँ,” झाले भने, “यो नियममा नै हुन्छ, हामीले सोहीअनुसार गरेका हौँ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved