भ्रष्टाचारी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा, अब संसद् छिर्न पाउने

भ्रष्टाचार मुद्दामा जरिवाना मात्रै भएको र कैद सजाय नभएको भन्दै गुरुङको निलम्बन फुकुवा भएको हो । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग लागेका गुरुङ मनाङबाट निर्वाचित भएपछि स्वतः निलम्बनमा परेका थिए ।

नेपालभ्युज

भ्रष्टाचारी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा, अब संसद् छिर्न पाउने

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा जरिवाना मात्रै भएको र कैद सजाय नभएको भन्दै गुरुङको निलम्बन फुकुवा भएको हो ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग लागेका गुरुङ मनाङबाट निर्वाचित भएपछि स्वतः निलम्बनमा परेका थिए ।

सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बन हुने व्यवस्था छ । संसद सचिवालयले उनलाई पुस १२ गते निलम्बनको सूचना जारी गरेको थियो ।

उनलाई फागुन १६ गते विशेष अदालतबाट दोषी ठहर गरेको थियो । तर जरिवानामा मात्र तोकेको छ ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद फुकुवा गर्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको सर्वोच्चले जनाएको छ ।

फनपार्क भाडा विवाद मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । मुद्दामा ५ जनालाई सफाइ दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved