सुदूरपश्चिम सरकारबाट बाहिरिन संसदीय दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

नेपालभ्युज

सुदूरपश्चिम सरकारबाट बाहिरिन संसदीय दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । अन्यथा कारबाही गर्ने चेतावनी अध्यक्ष श्रेष्ठको छ ।

चैत १४ गते पार्टी कार्यालय टीकापुरमा बसेको बैठकले प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिए पनि पालना नभएपछि पुन: ध्यानाकर्षण गराइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved