आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमको विष्फोटक शतक

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमको विष्फोटक शतक

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले नेपाल ‘ए’का लागि शतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लोकेशले ५२ बलमा ८ छक्का र ८ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

६८ रन बनाउँदा ३ विकेट गुमाएको स्थित सम्हाल्दै बम र आरिफ शेखले उल्लेख्य साझेदारी गरेका थिए । लोकेश ५८ बलमा १०६ रन बनाएर आउट भएका छन् ।

२२३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभरमा ४ विकेट गुमाएर १९० रनबाट खेल्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved