मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

नेपालभ्युज

मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट इलाम २ को उपनिर्वाचनबाट उम्मेदवार बनेपछि मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले बर्खास्त गरेको छ ।

लिम्बू (Milan limbu) यसअघि नेकपा (माओवादी केन्द्र) समर्थित पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव थिए । तर, रास्वपाबाट इलाम २ मा उम्मेदवार बनेसँगै उनलाई सेन्टरले कारबाही गरेको हो ।

लिम्बूले सङ्गठनको नीति र विधानविपरीत गतिविधि गरेकाले कारबही गर्नुपरेको सेन्टरका महासचिव सन्तोष पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved