नेशनल हर्टिकल्चर एक्स्पो सुरू (तस्वीरहरू)

नेशनल हर्टिकल्चर एक्स्पो सुरू (तस्वीरहरू)

काठमाडौं। ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ।

चैत्र १६ गतेदेखि १९ गते सम्म चल्ने मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरूवाहरू प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिएको छ।

साथै मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, बिउविजन, औजार उपकरण तथा प्रविधिहरूको स्टल समेत रहेको छ ।

मेलामा ७४ वटा व्यवसायीक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको लागी ५ वटा सहित ८८ वटा स्टल रहेका छन्।

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रू. १०० र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रू. ५० लाग्ने छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved