सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

नेपालभ्युज

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ न्यूनतम समर्थन मूल्य तोकेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उक्त समर्थन मूल्य १८ प्रतिशतसम्म चिस्यान भएको धानको हो ।

त्यो भन्दा बढी चिस्यान भएको धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाएर कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने मन्त्री शर्माले बताइन् ।

यस्तै सरकारले सहसचिव डा‍.हरिप्रसाद लम्साललाई सचिव नियुक्त गरेको छ । नेपाल प्रशासन सेवतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सुदूरपश्चिम प्रदेश सरकारका कायमुकायम प्रमुख सचिवको जिम्मेवारीमा रहेका लम्साललाई सचिवमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।

यस्तै बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले आर्थिक वर्ष २०८१–८२ का लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved