सभामुख घिमिरे नेतृत्वको टोली ९ दिन लामो विदेश भ्रमणपछि स्वदेश फर्कियो

नेपालभ्युज

सभामुख घिमिरे नेतृत्वको टोली ९ दिन लामो विदेश भ्रमणपछि स्वदेश फर्कियो

काठमाडौं । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे नेतृत्वको टोली आज स्वदेश फर्किएको छ । सभामुख नेतृत्वको टोली बिहान ९ बजे कतार एअरवेज मार्फत काठमाडौं आइपुगेको हो ।

सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो । सभामुख घिमिरेको टोली एक साता लामो भ्रमणमा गएपछि प्रतिनिधि सभा बैठक पनि प्रभावित भएको छ । सभामुखले बैठक चलाउने अनुमति उपसभामुखलाई नदिएपछि संसद बैठक प्रभावित भएको हो ।

उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई बैठक स्थगन गरेर स्वीट्जरल्याण्ड गएको भन्दै सभामुखको आलोचना भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved