डुब्न लागेको करिअरलाई ‘एनिमल’बाट फेरि उचाइमा लगेका बबी देओल जासूस ब्रह्माण्डमा पनि भिलेन

नेपालभ्युज

डुब्न लागेको करिअरलाई ‘एनिमल’बाट फेरि उचाइमा लगेका बबी देओल जासूस ब्रह्माण्डमा पनि भिलेन

काठमाडौं । बलिउड र क्षेत्रीय फिल्ममा खलनायक चरित्रको भूमिका निर्वाह गर्दै बबी देओलले डुब्न लागेको फिल्म करिअरलाई फेरि उचाइमा लगिरहेका छन् ।

नयाँ ढङ्गले अघि बढाइरहेका आफ्नो करियरलाई उनले सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’मा दमदार खलपात्र भएर पुन चर्चामा आएका थिए ।

‘एनिमल’मा अबरार हकको भूमिकामा देखिएका देओल अब भने यशराज फिल्मको जासूस ब्रह्माण्डमा भिलेनको रूपमा देखिंदैछन् ।

देओल आलिया भट्ट र शर्वरी बाघको शीर्ष भूमिका हुने एक्सन–थ्रिलर–स्पिनअफमा खलनायक चरित्रमा देखिने छन् ।

आलिया र शर्वरीबाहेक अन्य कलाकारको घोषणा भइसकेको छैन । यो फिल्मको कथावस्तुले ‘वार २’ र ‘टाइगर भर्सेस पठान’लाई जोड्छ । यसअघि यशराज ब्यानरकै फिल्म ‘बन्टी और बब्ली २’ मा देखिएका शार्वरी यो फिल्ममा आलियासँगै देखिनेछन् । फिल्मलाई ‘रेल्वेम्यान’ फेम्ड शिव रावैलले निर्देशन गर्नेछन् ।

बबी यसबाहेक सुरिया र दिशा पटानी स्टारर तामिल फेन्टासी फिल्म ‘कंगुवा’मा पनि देखिनेछन् । उनी तेलुगू एक्सन–एड्भेन्चर ‘हरि हरा वीरा मल्लु’मा पनि काम गरिरहेका छन्, जहाँ उनले मुगल सम्राट औरंगजेबको चित्रण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved