साताको नेप्से : लगानीकर्तामा देखिएन उत्साह, खुम्चिँदै बजार

नेपालभ्युज

साताको नेप्से : लगानीकर्तामा देखिएन उत्साह, खुम्चिँदै बजार

काठमाडौं । यो साता आइतबार होलीका कारण सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द थियो । तर सोपछिको कारोबार हुने साताका बाँकी चार दिन नेप्सेमा खासै उत्साह देखिएन ।

सोमबारबाट खुलेको सेयर बजारमा कारोबारको पहिलो दिनैमै भारी गिरावट आएको थियो । मंगलबार दोहोरो अंकले बढेको बजार कारोबारको तेस्रो दिन पुन दोहोरो अंकले घटेर बन्द भएको थियो ।

कारोबारको अन्तिम दिन भने सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । २०३१ को विन्दुबाट कारोबार सुरु गरेको सेयर बजार कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २०३५ को विन्दु छुन सफल भएको छ ।

यो साता सेयर बजारमा कुल ९ अर्ब ७३ करोड २३ लाख बराबरको कारोबार भएको छ । गत साताको सोही अवधिमा १७ अर्ब ७१ करोड ६८ लाख ५६ हजार बराबरको कारोबार भएको थियो ।

सोमबार :

सोमबार नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर २०३१ दशमलव ५५ को विन्दुमा पुगेको थियो । जसमा ३०४ कम्पनीका ४४ हजार २ सय ३६ पटकको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ कारोबार भएको थियो ।

मंगलबार :

मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर २०४१ दशमलव ७० को विन्दुमा पुगेको थियो । जहाँ ३१० कम्पनीका ५९ हजार ५ सय १२ पटकको कारोबारमा ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर खरिद बिक्री भएको थियो भने कारोबार रकम २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ रहेको थियो ।

बुधबार :

बुधबार नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६को विन्दुमा पुगेको थियो । जहाँ ३१० कम्पनीका ४४ हजार २ सय ५९ पटकको कारोबारमा ६० लाख ४७ हजार ०२१ कित्ता सेयर खरिद बिक्री भएको थियो भने कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँ रहेको थियो ।

बिहीबार :

कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५ दशमलव ७८ अंकले बढेर २०३५ दशमलव ६४ को विन्दुमा पुगेको छ । बिहीबार ३१३ कम्पनीका ५३ हजार ६ सय १९ पटकको कारोबारमा ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँ रहेको छ ।

#NEPSE # Weekly_Analysis


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved