धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण 

नेपालभ्युज

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण 
फाइल तस्वीर

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ ।

धनगढीबाट ७ः २२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौंबाट फर्किएर भैरहवामा आपत्कालीन अवतरण गरिएको हो ।

धनगढी काठमाडौँको उडान समय ५० मिनेट हो । तर, जहाज ल्याड गर्ने प्रयास असफल भएपछि फेरि भैरहवा गएर ल्याण्ड भएको हो ।

धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो । तर एकाएक बिग्रेपछि जहाज भैरहवा पुगाइएको हो श्री एयरका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीले भने जानकारी दिए । अहिले भने काठमाडौं विमास्थलमा जहाज उडान अपतरण सामान्य छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved