बाल्टिमोर फ्रान्सिस स्कट पुल घटना : दुई जना मृत भेटिए, चारको अवस्था अझै अज्ञात

नेपालभ्युज

बाल्टिमोर फ्रान्सिस स्कट पुल घटना : दुई जना मृत भेटिए, चारको अवस्था अझै अज्ञात

काठमाडौं। अमेरिकाको बाल्टिमोरस्थित फ्रान्सिस स्कट पुल भत्किँदा बेपत्ता भएका २ जना मृत भेटिएका छन् ।

मंगलबार अमेरिकाको बाल्टिमोर सहर (Baltimore Bridge Collapse) स्थित फ्रान्सिस स्कट पुल भत्किँदा रातो पिकअप ट्रकमा रहेका उनीहरु पानीमा बेपत्ता भएका थिए ।

लगत्तै २ जनालाई सकुशल उद्दार गरिए पनि बाँकी २ जना बेपत्ता भएका थिए । सोही घटनामा हराइरहेका अन्य ४ कामदारको खोजी जारी छ।

बाल्टिमोर पुल भत्किएसँगै विश्वव्यापी आपूर्ति श्रृङ्खलामै असर पर्ने सम्भावना

बुधबार आयोजित पत्रकार सम्मेलनमा गोताखोरहरूले पिकअप ट्रकबाट ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस र २६ वर्षीय डोर्लियन रोनियाल कास्टिलो काब्रेराको शव निकोलेको म्यारिल्याण्ड स्टेट पुलिसले जनाएको छ।

फ्युएन्टेस मेक्सिकोका र डोर्लियन ग्वाटेमालाका स्थानीयबासी हुन् ।

खोलामा रहेको भग्नावशेष र ढिस्कोका कारण गोताखोरहरुले सुरक्षित रुपमा उद्दार गर्न समस्या भइरहेको पुलिसले जनाएको छ। सोनार स्क्यान प्रविधिमार्फत सवारीसाधन भएको ठाउँ पत्ता लगाउने कार्य भईरहेको पुलिसले जनाएको छ।

हराइरहेका थप २ पीडित भने मिगुएल लुना र मेनर सुआजो स्यान्डोभल रहेका छन्। ठूलो कन्टेनर जहाज खम्बामा ठोक्किँदा पुल भत्किएको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved